एनआरएनए यूके स्पोर्टस कोअर्डिनेशन काउन्सिल गठन

  • प्रकाशित मिति : २०७९ श्रावण १०, मंगलवार
  • nepaltale.com

लन्डन । एनआरएनए यूकेले स्पोर्टस कोअर्डिनेशन काउन्सिल गठन गरेको छ ।

अध्यक्ष प्रेम गाहामगरले आफ्नो कार्यकालको एक वर्ष पुग्नै लाग्दा उक्त महत्वपूर्ण अंग गठन गर्दै बेलायतका अनुभवी खेल हस्तीहरुलाई एउटै मञ्चमा ल्याएका छन् ।

अध्यक्ष गाहामगरले गैर आवासीय नेपाली संघ बेलायतले खेलकुद विकास तथा नेपाली युवालाई अवसर प्रदान एवं उनीहरुका प्रतिभा उजागर गर्ने उद्देश्यले सो काउन्सिल गठन गरेको जनाए ।

उक्त कोअर्डिनेशन काउन्सिलमा राष्ट्र राई प्रमुख सल्लाहकार, इन्द्र गुरुङ सल्लाहकार, झपटसिंह भुजेल सल्लाहकार, कुसाङ गुरुङ सल्लाहकार, आदिप राना सल्लाहकार, टेनिसा राना सल्लाहकार, एनजे गुरुङ सल्लाहकार, सोम घर्तीमगर सल्लाहकार तथा ह्यारी गुरुङ मेम्बर सेक्रेटरी छन् ।

त्यसैगरि, नवीन गुरुङ चिफ कोअर्डिनेटर नेशनल एण्ड इन्टरनेशनल फुटबल टुर्नामेन्ट, बिष्णु खरेल चिफ कोअर्डिनेटर नेशनल एण्ड इन्टरनेशनल बोडीबिल्डिंग, तीर्थबहादुर मल्ल (अनिल) चिफ कोअर्डिनेटर नेशनल एण्ड इन्टरनेशनल भलिवल टुर्नामेन्ट, हिरा सापकोटा (दीपक) चिफ कोअर्डिनेटर नेशनल एण्ड इन्टरनेशनल क्रिकेट टुर्नामेन्ट, सिद्धार्थविक्रम क्षेत्री (श्री) चिफ कोअर्डिनेटर नेशनल एण्ड इन्टरनेशनल बक्सिङ टुर्नामेन्ट, सौरव राई चिफ कोअर्डिनेटर नेशनल एण्ड इन्टरनेशनल प्रो बक्सिङ टुर्नामेन्ट, सुरज कार्की चिफ कोअर्डिनेटर नेशनल एण्ड इन्टरनेशनल कराते, मार्सल आर्ट र यम गुरुङले चिफ कोअर्डिनेटर नेशनल एण्ड इन्टरनेशनल गल्फ टुर्नामेन्टको नियुक्ति पाएका छन् ।

एनआरएनए यूकेको स्पोर्टस कोअर्डिनेशन काउन्सिलमा नियुक्ति गरिएको औपचारिक पत्र दिंदै अध्यक्ष गाहामगरले नवनियुक्त पदाधिकारीले एनआरएनए यूकेमा आफ्नो खेलकुदको लामो अनुभव र सुझाव सल्लाह प्रदान गरि यस विभागलाई थप गतिशील एवं प्रभावकारी बनाउने अपेक्षा पनि व्यक्त गरेका छन् ।

नवगठित काउन्सिल पदाधिकारीलाई आउंदो ६ अगष्टका दिन अल्डरसटस्थित एम्पायर हलमा हुने संघको वार्षिक साधारणसभामा पनि विशेष निम्तो दिइएको छ ।

स्पोर्टस कोअर्डिनेशन काउन्सिलले बेलायतका नेपाली खेलाडीलाई नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा हुने खेल गतिविधिमा सहभागिता गराउने, आवश्यक प्रशिक्षण तथा अवसर उपलब्ध गराउने, बेलायती विज्ञहरुको खेल अनुभव नेपालमा लैजान सघाउने आदि कार्य गर्ने अध्यक्ष गाहामगरले बताए ।

उक्त काउन्सिलले कुनै पनि राष्ट्रिय समन्वय परिषदमा राम्रा खेलाडी छन् र उनीहरु संघ एवं राष्ट्रको नाम उच्च राख्न सफल हुन्छन् भने त्यस्ता खेलाडीलाई सक्दो सहयोग 
गर्ने बताइएको छ ।