फिलिपिन्समा गयो ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • प्रकाशित मिति : २०७९ श्रावण ११, बुधबार
  • नेपाल टेल संवाददाता

मनिला। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पु¥याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो।



भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए।