सुनको मूल्य घट्यो, चाँदीको सामान्य वृद्धि

  • प्रकाशित मिति : २०७९ श्रावण ११, बुधबार
  • नेपाल टेल संवाददाता

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९४ हजार २ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।



सुनको मूल्य घटेतापनि चाँदीको मूल्य भने सामान्य रुपमा वृद्धि भएको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १५५ रुपैयाँ पुगेको छ ।