सुन-चाँदीको मूल्य बढ्यो

  • प्रकाशित मिति : २०७९ श्रावण १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ६ सय र तेजावी सुनको ९५ हजार एक सय रुपैयाँ थियो ।



आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ थियो ।