अमेरिकाको ओहायोमा गोली चल्यो, ४ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७९ श्रावण २२, आईतवार
  • nepaltale.com

न्युयोर्क । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।

डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।

प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्ल क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।

आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ ।