लण्डन । मतिना फाउन्डेसनले विगत झैं गत ६ अगस्तमा पनि नेवारी परम्परा अनुसार स साना नानीहरुको इही (बेल विवाह) सम्पन गरेको छ।
योगेन्द्र गुरुबाट लण्डन साउथ ह्यारोको गोल्डेन सीप रेस्टुरेन्टमा इही कार्यक्रम भएको हो जसको संयोजक थियो मतिना फाउन्डेसन । इहीमा ४ वालिका सहभागी थिए ।
हरेक २-२ बर्षमा गर्ने लक्ष्य लिइए पनि कोरोनाका कारण विगत ३ बर्ष देखि रोकिएको इही यो पटक भव्य रुपमा सम्पन्न गरिएको नागेन्द्र श्रेष्ठले जनाए ।
उक्त कार्यक्रम व्यवस्थापनका लागि मतिना फाउन्डेसनका धेरै जसो समितिको पदाधिकारी उपस्थिति थियो।
अर्को इही सन् २०२४ मा उत्साहका साथ गरिने छ।