मन्त्रिपरिषद् बैठकको निर्णयः कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत

  • प्रकाशित मिति : २०७९ श्रावण २९, आईतवार
  • nepaltale.com

काठमाडौँ । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यही साउन १ गतेदेखि लागू हुने गरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरेको जानकारी दिएका हुन् ।

साथै मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।