काठमाडौं। वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन्।
आज बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले संस्थागत निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदरमा २ प्रतिशत फरक हुनुपर्ने व्यवस्था गरेको थियो।
फागुन महिनादेखि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन्।