लण्डन ।बेलायतमा रेल कर्मचारीको हड्तालका कारण यात्रुलाई सास्ती र जनजीवन प्रभावित भएको छ ।
तलब र आफ्नो सेवा सुविधा बढाउनुपर्ने माग राख्दै आन्दोलनरत रेल्वे कर्मचारीको हड्तालका कारण बेलायतको जनजीवन प्रभावित भएको हो ।
बिहीबार सुरु भएको आन्दोलन शनिवार सम्म रहनेछ । ३ दिने हडतालका कारण जनजीवन प्रभावित बनेको हो । कतिपय रुटहरुमा रेल सेवा ठप्प रहेका छन् भने सञ्चालनमा रहेका रुटको पनि निश्चित अवधी तोकिएको छ ।जागिर कटौती, सेवा सुविधा वृद्धि लगायतका माग सहित गरिएको हड्तालका कारण आधा भन्दा बढी रेल लाइन बन्द छन् भने बिहिबार २० प्रतिशतमात्र सेवा सुचारु छ ।
बेलायतका १८ वटा रेलवे कम्पनीका झण्डै ४५ हजार रेल्वे कर्मचारी हड्तालमा उपस्थित छन् । शनिबार करिब ५० प्रतिशत सेवाहरु बन्द हुने बीबीसीले जनाएको छ ।
यसै बीच शुक्रबार बसका कामदारपनि हड्तालमा उत्रीएका छन् । रेल, म्यारिटाइम एन्ड ट्रान्सपोर्ट (आरएमटी) यूनियनले आह्वान गरेको हड्तालका कारण हजारौं यात्रुले सास्ती खेपेका छन् ।