विदेशी बुहारीले नागरिकता पाउने व्यवस्था २०३८ सालदेखि लागू थियो: थापा

  • प्रकाशित मिति : २०७९ भाद्र ४, शनिबार
  • नेपाल टेल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी र बिआरआई सम्झौता दुवै नेपालका लागि सहायता सम्झौता भएको बताएका छन् । काठमाण्डौ क्षेत्र नम्बर ८ ख को प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै थापाले नेपालको हित हुने गरी एमसीसी सम्झौता गरिएको बताउँदै चीनसँगको बिआरआई सम्झौतासँग तुलना गरेका हुन् ।

आफूहरु सरकारमा हुँदा वा नहुँदा एमसीसीको बारेमा एउटै धारणा बनाएको तर कम्युनिष्ट पार्टीहरुले विचार बदलेको थापाको जिकिर छ । एमसीसी सम्झौताको प्रक्रिया विगतमा माधबकुमार नेपाल प्रधानमन्त्री भएका बेला सुरु भएर झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई हुँदै अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला टुङ्गिएको थापाको भनाई छ ।

नेपाली कांग्रेसकै नेता परराष्ट्रमन्त्री भएका बेला चीनसँगको सहयता सम्झौता बिआरआई गरेको स्मरण गराउँदै थापाले मुलुकको हितका लागि विगतमा पनि विभिन्न मुलुकबाट सहयोग लिने गरेको स्पष्ट पारेका छन् ।