काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले गिरिको पार्थिव शरीरलाई आइतबार विहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा श्रद्धान्जलीका लागि राखिने जनाएको छ।
त्यसपछि, साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धान्जलीको लागि राखिने सचेतक मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। श्रद्धान्जलीपछि पशुपति आर्यघाटमा गिरिको अन्त्येष्टि गरिनेछ।
घाँटीको क्यान्सरबाट पीडित गिरि भारतमा लामो समय उपचार गराएर स्वदेश फर्किएका थिए। तर, पुनः स्वास्थ्यमा समस्या देखिएपनि उनी विगत तीन सातादेखि मेडिसिटीमा उपचार गराइरहेका थिए।