‘हिमानी शाह’ जो अस्ट्रेलियामा बिरामी पर्दा नेपाल आएर उपचार गरिन्

  • प्रकाशित मिति : २०७९ भाद्र ५, आईतवार
  • nepaltale.com

काठमाडाैँ । पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्।

टन्सिलाइटिसका कारण ज्वरो आएपछि उनी अस्ट्रेलियाबाट नेपाल फर्किइन। ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरकाे मेडिसिटी अस्पताल भर्ना भएकि युवराज्ञीको स्वास्थमा सुधार आएको छ।

अस्ट्रेलियामा बिरामी परेर नेपाल फर्किएकी पूर्व युवराज्ञी मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना गरिएको थियो।

राज्यकोषको चरम दुरुपयोग गर्दै सामान्य बिरामी पर्दा समेत बिदेश धाउने नेपालको नेताहरुको परिपाटीको ठिक बिपरित हिमानी शाहले बिदेशमा बिरामी पर्दा नेपाल फर्किएर उपचार गराएकी हुन्।

अस्ट्रेलियामा बिरामी परेकी हिमानीले नेपाल आएर उपचार गराएपछी अहिले उनको चौतर्फी प्रशंसा भएको छ।