अस्ट्रेलियामा नर्सको अभाव पूर्ति गर्न १० हजार विद्यार्थीलाई निःशुल्क नर्सिङ पढाइने!

  • प्रकाशित मिति : २०७९ भाद्र १७, शुक्रबार
  • nepaltale.com

काठमाडौं। अस्ट्रेलियामा पछिल्लो समय नर्सको चरम अभाव देखिएको छ। नर्सको अभावसँगै स्वास्थ्य क्षेत्रमा जटिलता सिर्जना हुने देखिएपछि यतिबेला भिक्टोरिया राज्यले १० हजारभन्दा बढी विद्यार्थीलाई निःशुल्क पढाउने योजना अगाडि सारेको छ।

द गार्डियनका अनुसार विज्ञहरुको सुझाव अनुसार भिक्टोरिया राज्यले १० हजारभन्दा बढी विद्यार्थीलाई निःशुल्क नर्सिङ पढाउने भएको हो।

राज्यको योजनाअनुसार नर्सिङ पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ र उनीहरुको अध्ययन ऋण चुक्ता गरिनेछ।

कोरोना महामारीपछि अस्ट्रेलियाका प्राय सबै राज्यमा नर्सहरुको अभाव देखिएपछि भिक्टोरिया राज्यले स्वास्थ्य क्षेत्रमा देखा पर्नसक्ने जटिलतालाई मध्यनजर गर्दै २ सय ७० मिलियन डलरको योजना सार्वजनिक गरेको छ। जहाँ विद्यार्थीको अध्ययन लोन चुक्ता गरिने र छात्रवृत्ति प्रदन गरिने विषय उल्लेख छ।

यसरी भिक्टोरिया राज्यमा नर्स पढ्न चाहनेले निःशुल्क अध्ययन गर्न पाउनेछन्।