आइफोन १४ सार्वजनिक, यी हुन् मूल्य र विशेषता…

  • प्रकाशित मिति : २०७९ भाद्र २३, बिहीबार
  • nepaltale.com

काठमाडौं। विश्व चर्चित प्रविधि कम्पनी एप्पलले नयाँ आईफोन १४ सार्वजनिक गरेको छ।

सीएनएनका अनुसार नयाँ आइफोनमा भूउपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ।

आईफोन १४ चार मोडलमा पाइनेछन्। आईफोन १४ ७९९ अमेरिकी डलरदेखि ८९९ अमेरिकी डलरसम्म पर्नेछ भने आईफोन १४ प्लसको मूल्य पनि सोही बमोजिम हुनेछन्।

यी दुवै स्मार्टफोन ६.१ इन्च र ६.७ इन्चमा पाइन्छन्। यस्तै आइफोन १४ प्रो र १४ प्रो म्याक्सको मूल्य ९९९ डलरदेखि १ हजार ९९ सम्म पर्नेछ। आकार हेरेर मूल्य घटबड हुनेछ।

एप्पलले नयाँ १२ मेगापिक्सेलको क्यामेरा आफ्नो फोनमा जडान गरेको छ जसले तेज गतिमा चलिरहेका बस्तुहरूको फोटो खिच्ने सामर्थ्य राख्छ।

उक्त कम्पनीले कम प्रकाशमा तस्बिर खिच्ने क्षमता ४९ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ।

अगाडिको क्यामेरामा पहिलो पटक अटो फोकस छ जसले अझ राम्रो सेल्फी खिच्न सक्छ।