ज्ञानचन्द्र आचार्य माल्टाका लागि पनि राजदूत नियुक्त

  • प्रकाशित मिति : २०७९ भाद्र २४, शुक्रबार
  • nepaltale.com

लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य माल्टाको लागि पनि आवासीय राजदुत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिवार आचार्यलाई आवासीय राजदुतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आचार्यसगैं राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छिन् ।

त्यस्तै संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।