लण्डन । बेलायतमा मार्गेज,प्रपर्टी लगायतका सेवा सहित फाइनान्सियल सर्भिसमा पहिलोपटक फाईनान्सियल फर्म स्थापना गर्ने नेपाल घर पोखरा भएकी पहिलो नेपाली महिला बनेकी छिन् अनिता पुर्जा । उनले बेलायतको विन्चेस्टर केन्द्र रहने गरी सेवा मोर्गेजेज शुभारम्भ गरेकी हुन् ।
अनिताले सेवा मोर्गेजेज मार्फत बेलायत भरका सेवाग्राहीलाई सम्पूण फाइनासियल सेवा प्रदान गर्ने लक्ष्य लिएकी छन् । लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै पुर्जाले मोर्गेज, प्रोटेक्सन, होम इन्सुरेन्स, विल्स, कन्भेन्सिंगलगायत सेवा आफ्नो फर्मबाट उपलब्ध भएको जानकारी दिईन् ।
सेवा मोर्गेजेजकी संस्थापक अनिताले ‘सर्टिफिकेट इन मोर्गेज एड्भाइस एण्ड प्राक्टिस’ (सिम्याप) योग्यता हासिल गरेकी छन् । बेलायतमा रहेका अन्य दिदीबहिनीहरुलाई पनि उत्प्रेरणा बन्ने उनको सोँच छ । महिलाहरु पनि हरेक व्यवसायमा अब्बल छन् भन्ने देखाउन र जुनसुकै व्यवसाय पनि गर्न सक्छन् भन्ने देखाउन आफुले व्यवसाय सुरु गरेको पुर्जाको भनाई छ। आफ्नो व्यवसायिक विकास मात्र नभइ समुदायमा महिला सशक्तिकरणको नमुना देखाउनु पनि उनको आकांक्षा हो । वीन्चेस्टरमा मुख्य कार्यालय रहेपनि सेवा मोर्गेजेजले बेलायतभरका सेवाग्राहीलाई सेवा उपलब्ध गराइएको जनाएको छ । सेवाग्राहीको सुविधाका लागि अहिले नै साताका सातै दिने सेवा खुला राखिएको छ ।
‘हाम्रो सेवा हरेक दिन बिहान ९ देखि बेलुकी ८ बजेसम्म खुला छ’, लण्डन नेपाल न्यूजसगं अनिताले भनिन्, ‘बेलायतको व्यस्त दैनिकीबीच पनि सबै सेवाग्राहीलाई सहज होस् भनेर अतिरिक्त समय र वीकेन्ड पनि हामीले सेवा उपलब्ध गराएका छौं।’ सेवाग्राहीको सुविधाका लागि हरेक सेवा अनलाइन र टेलिफोन माध्यमबाटै प्रदान गरिने उनले जनाइन् । सेवा मोर्गेजेजले कम्पनी शुभारम्भको अवसरमा अहिलेलाई सेवा शुल्कमा ४० प्रतिशत छुटको अफर समेत उपलब्ध गराएको छ।
सेवा शुभारम्भकै पहिलो महिना बित्न नपाउँदै यतिबेला अनिता आफ्नो टीम बिस्तारमा जुटेकी छन् । कार्यालय एड्मिन र केही एड्भाइजरहरु नियुक्ति अहिले प्रक्रियामा रहेको उनले बताइन् । व्यवसाय सुरु गरेको केही क्षणमै विभिन्न ठाउँबाट आएका सकारात्मक सुझाव र प्रोत्साहनका कारण उनी खुसी छिन् । परामर्श एबम सेवा लिन सिधा कल गर्नुहोस।-07831 606210-01962 571777