क्याट युकेको दशैँमा चुलै निम्तो, गायक राज सिग्देलले सागींतिक प्रस्तुती दिने

  • प्रकाशित मिति : २०७९ आश्विन ६, बिहीबार
  • nepaltale.com

लण्डन । चितवन एड ट्रष्ट (क्याट युके)ले विजया दशमीको अवसर पारेर वडा दशैँ साँझ गर्ने भएको छ । हिन्दुहरुको महान पर्व बडा दशैलाई अझै सगींन बनाउन ट्रष्टले साँगितिक साँझ सगैं रमाईलो कार्यक्रम गर्ने भएको हो ।

अक्टोबर २ आईतबार लन्डन ह्यारोस्थित ब्लुरुम स्पोर्टस् भेन्यूमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष रितेशराज पाण्डेले लण्डन नेपाल न्यूजलाई जानकारी दिए । कार्यक्रममा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय गजल एवम् शास्त्रीय गायक राज सिग्देलले एकल सागींतिक प्रस्तुती दिनेछन् ।

उ जितेर गई या हारेर गई नामक सुगम सगींत पछि चर्चाको शिखरमा रहेका गायक सिग्देलले उक्त कार्यक्रममा आफ्ना गीत सगींतहरु प्रस्तुत गरेर दर्शकलाई मग्नमुग्ध पार्नेछन् ।

अध्यक्ष पाण्डेले सबैलाई विजया दशमीको शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । उनले चितवन एड ट्रष्टको मात्रै नभएर सबैको कार्यक्रम भएकाले उपस्थित भई र मनोरञ्जन लिन आग्रह गरेका छन् । उक्त अवसरमा विजया दशमीको शुभकामना आदान प्रदान सहित अन्य रमाईलो तथा खानपिनको कार्यक्रम समेत राखिएको छ ।

त्यस्तै क्याटका ट्रष्टी समेत रहेका युवा व्यवसायी कृष्ण तिवारीले सागींतिक कार्यक्रममा सहभागी भई दशैँको शुभकामना आदान प्रदान सहित कार्यक्रमको आनन्द लिन आग्रह गरे ।

कार्यक्रममा सहभागी हुन आयोजकले २० पाउण्ड टिकट शुल्क निर्धारण गरेको छ । कार्यक्रम बारे जानकारी लिन ०७८३००६६५६६ र ०७९३२४१४३४१ मा सम्पर्क गर्न पनि आयोजले अनुरोध गरेको छ ।