पीपल ग्रुप अब साउथ इष्ट लन्डनमा पनि, बेक्सलीमा छैठौँ शाखा शुभारम्भ

  • प्रकाशित मिति : २०७९ आश्विन ८, शनिबार
  • nepaltale.com

लन्डन। बेलायतका नेपालीहरुमाझ फाइनान्सियल सेवा प्रदान गर्दै आएको अग्रणी कम्पनी पीपल ग्रुपको ‘मोर्गेजेज’ तथा ‘स्टेट एजेन्टस्’ सेवा साउथ इष्ट लन्डनका नेपालीमाझ पनि पुगेको छ।

बेलायतमा नेपाली व्यवसायीबाट सञ्चालित कम्पनीको छैठौँ शाखा शुक्रबार बेक्सलीहिथ ब्रोडवेमा उद्घाटन गरिएको हो।

फार्नबरोमा मुख्य कार्यालय रहेको पीपलका बेलायतभर जम्मा ६ शाखा पुगेका छन्। सन् २०१६ मा फार्नबरोबाट शुरु भएको कम्पनी आसफोर्ड केन्ट, स्वीन्डन, हन्सलो लन्डन, टिडवर्थ हुँदै अहिले साउथ इष्टको बेक्सलीसम्म पुगेको छ।

पीपल ग्रुपका सञ्चालक तथा निर्देशक युवा व्यवसायी सूर्य प्रकाश गुरुङ हुन्। सन् २००६ मा अध्ययनका लागि बेलायत आएका उनले बेलायतमा छोटो समयमै हासिल गरेको व्यवसायिक सफलता चमत्कारिक छ।

पीपलको बेक्सली शाखा उद्घाटनका अवसरमा बेक्सली नेपाली समाजका अध्यक्ष आनन्द धरेल तथा पूर्व अध्यक्ष विजय गुरुङ, इन्जिनियर राजेश पाठक, व्यवसायी सुशील प्रजापति, चार्टर एकाउन्टेन्ट सचिन श्रेष्ठ, व्यवसायी सुरोज मास्के, नेपाली युथ एशोसिएसन अध्यक्ष लछुमन गुरुङ तथा उपाध्यक्ष डा सुदर्शन गुरुङ, सूर्य केसीलगायत समुदायका अगुवाहरुको उपस्थिति थियो।

उनीहरुले नेपालीद्वारा सञ्चालित, स्थापित फाइनान्सियल सर्भिस कम्पनीलाई साउथ इष्टमा स्वागत गर्दै पीपलको सेवाबाट स्थानीय नेपालीहरु अब थप लाभान्वित बन्ने आशा व्यक्त गरेका थिए।

पीपल ग्रुपमा अहिले कुल ३८ जना कार्यरत छन्। जसमध्ये नेपालीको संख्या मात्रै ३२ छ।