काठमाडौं। सरकारले दार्चुलाका दुई पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
यी क्षेत्रमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पुर्याउँदै आएको छ।
