सहारा यूकेले उत्कृष्ट प्रदर्शन गर्दै जित्यो रेडिङ कप

  • प्रकाशित मिति : २०७९ आश्विन ९, आईतवार
  • नेपाल टेल

लन्डन। सहारा यूकेले उत्कृष्ट प्रदर्शन गर्दै रेडिङ कप फुटबल प्रतियोगिता जितेको छ।

ग्रेटर रेडिङ नेप्लिज कम्युनिटीद्वारा शनिबार रेडिङको पाल्मर पार्कमा आयोजित रेडिङ कपको १५ औँ संस्करणमा सहारा टीम च्याम्पियन बनेको हो।

प्रतियोगिताको फाइनलमा मंगोलियन भाञ्जालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहाराले उपाधि चुम्यो।उपाधिसंगै सहाराले नगद १६ सय पाउन्ड प्राप्त गर्‍यो भने दोस्रो स्थान (फर्स्ट रनर अप) को मंगोलियन भाञ्जाले नगद ८ सय पुरस्कार पायो।

विजेता सहारा यूकेका गोलकिपर डेभिड टियास म्यान अफ द् म्याच बने। सहाराकै म्यानेजर रोशन राईले उत्कृष्ट म्यानेजरको सम्मान प्राप्त गरे। प्रतियोगिताको भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब बिजेता बन्यो। ब्रिगेड ब्वाइजसँग फाइनलमा १- शून्यले पराजित लमजुङ समाजको टीम दोस्रो भयो।कार्यक्रमकी प्रमुख अतिथि स्थानीय रेडिङ बरोकी मेयर काउन्सिलर रेचल एडन,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर सहित आयोजक ग्रेटर रेडिङ नेप्लिज कम्युनिटीका पदाधिकारीहरुले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।