सरकारी तलबले जिवन धान्न गार्हो छ, शाखा अधिकृतको तलब १ लाख हुनुपर्छ- अर्थमन्त्री

  • प्रकाशित मिति : २०७९ आश्विन १२, बुधबार
  • नेपाल टेल

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलबले जिवन निर्वाह गर्न नपुगेको बताएका छन् ।

बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको बताए ।

उनले आफूले कर्मचारीको तलब १५% ले बढाएको उल्लेख गरे । ‘एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’ उनले भने ।