समानुपातिक बन्दसूचीः कुन दलका कति जनाले उम्मेदवारी फिर्ता लिए ?

  • प्रकाशित मिति : २०७९ आश्विन १७, सोमबार
  • nepaltale.com

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृतमध्ये २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन्।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी कांग्रेसका नौजनाले नाम फिर्ता लिएका छन् । प्रतिनिधिसभातर्फ ४ जना र प्रदेशसभातर्फबाट ५ जनाले नाम फिर्ता लिएका हुन् ।

यस्तै, प्रतिनिधिसभातर्फ जसपाका ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको वाग्लेले बताए ।

प्रदेशसभातर्फ उम्मेदवारी फिर्ता लिएकामध्ये प्रदेश १ का ६ जना, मधेशका २, बागमतीका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जसमा कांग्रेसका ५, माओवादी केन्द्रका २, जसपाका १, एकीकृत समाजवादी पार्टीका ३, नागरिक उन्मुक्ति पार्टीका तर्फका १, पुनर्जागरण पार्टीका ५ र राष्ट्रिय नागरिक पार्टीका ३ जना छन् ।