प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज मतदान हुँदै

  • प्रकाशित मिति : २०७९ मंसिर ४, आईतवार
  • नेपाल टेल

काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज मतदान हुँदैछ ।

प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।

मतदानका आफ्नो घरसम्म पुग्न र मतदान गरेर काममा फर्किन सर्वसाधारणलाई सहज होस् भनेर आयोगले शुक्रबारदेखि मतदानको भोलिपल्ट सोमबारसम्म सार्वजनिक विदा दिएको छ ।