कर्मचारीलाई धम्काएको आरोप लागेका बेलायती उपप्रधानमन्त्रीले दिए राजीनामा

  • प्रकाशित मिति : २०८० बैशाख ८, शुक्रबार
  • nepaltale.com

लन्डन। कर्मचारीलाई धम्काएको आरोप खेपिरहेका बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले राजीनामा गरेका छन्।

उनको व्यवहारसम्बन्धि छानबिनको रिपोर्ट प्रधानमन्त्री ॠषि सुनकलाई शुक्रबार बुझाइएलगत्तै उनले राजीनामा गरेका हुन्।

प्रधानमन्त्रीलाई बुझाइएको रिपोर्टमा उपप्रधानमन्त्री राबको कर्मचारीप्रतिको व्यवहार अपमानजनक र धम्कीपूर्ण रहेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री सुनकले दु:खका साथ राबको राजीनामा स्वीकृत गरेको बताएका छन्।

यसअघि कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि मन्त्री राब विवादमा परेका थिए। आफूमाथिको आरोप अस्वीकार गर्दै आएका उनले छानबिनमा दोषी देखिए राजीनामा गर्ने बताएका थिए ।

विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री सुनकले शुरुमै राबलाई हटाउनुपर्ने भन्दै आलोचना गरेको छ।