नेपाल – बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक बुधबार

  • प्रकाशित मिति : २०८० बैशाख ११, सोमबार
  • nepaltale.com
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल

काठमाडौं । नेपाल – बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठक बुधबार लण्डनमा हुने भएको छ ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्, जसमा उच्च सरकारी अधिकारीहरु पनि हुनेछन् । बैठकमा विकास साझेदारी र व्यापार तथा लगानी, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुने छ ।

नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको १०० वर्ष यही वर्ष पुग्नेछ । भ्रमणका क्रममा विदेश सचिव पौड्यालले बेलायती अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।