चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने ९८ हजार १ सय २८ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २ लाख ७६ हजार २१३ पुगेको छ भने ४० लाख १२ हजार ६८४ जना संक्रमित बनेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ भने २९ हजार १ सय ६२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७८ हजार ६ सय १५ पुगेको छ भने १३ लाख २१ हजार ७ सय ८५ जना संक्रमित भएका छन्।
त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ८०४ जनाको मृत्यु भएको छ भने १० हजार १ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९२ पुगेको छ भने १ लाख ४५ हजार ८९२ जना संक्रमित भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै इटलीमा २४३ जना, स्पेनमा २२९ जना, यूकेमा ६२६ जना, फ्रान्समा २४३ जना, मेक्सिकोमा २५७ जना, क्यानडामा १६१ जना, भारतमा ९६ जनाको मृत्यु भएको छ ।