शरणार्थी प्रकरणः बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट

  • प्रकाशित मिति : २०८० जेष्ठ १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुँदैछ । शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पूर्व गृहमन्त्री खाण र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो ।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजाे बयान लिएका थिए ।



आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजवाट सुरु हुनेछ । महर्जनले हिजो मात्रै आत्मसमपर्ण गरेका थिए ।

सो प्रकरणमा मुछिएकाहरूकाे बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।