फिल्म ‘बार्बी’का कारण बजारमा गुलाबी रङको हाहाकार

  • प्रकाशित मिति : २०८० जेष्ठ २२, सोमबार
  • नेपाल टेल संवाददाता

ग्रेटा जेरविगको नयाँ फिल्म ‘बार्बी’का कारण बजारमा रङको अभाव भएको छ । निर्देशक जेरविगले सुटिङ हुने सारा ठाउँलाई गुलाबी बनाउनु पर्ने भएपछि धेरै रङ लागेको र बजारमा नै रङको अभाव भएको बताएकी हुन् ।

‘गुलाबी रङ पनि चम्किलो होस् भन्नका लागि थप रङको प्रयोग गरियो । यही कारण पनि रङको हाहाकार भयो,’ जेरविगको भनाइ छ । बार्बी खेलौनाको प्रेरणामा बनेको फिल्ममा मार्गोट रोबीले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा दुई दर्जन बढी नाम चलेका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा रायन गोसलिङ पनि मुख्य भूमिकामा रहेका छन् ।



२० भन्दा ज्यादा गीत रहेको फिल्म जुलाई २१ मा विश्वव्यापी रिलिज हुँदैछ । यो फिल्ममा धेरै कलाकारको अभिनय रहेको देखेर जेरविगका कारण हलिउडमा कलाकारको पनि खडेरी लागेको जस्ता जोक बनेका थिए ।