सगरमाथा चीनमा पर्छ भन्दै चिनियाँ मिडियाले सार्वजनिक गर्‍यो यस्ता तस्वीर

  • प्रकाशित मिति : २०७७ बैशाख २८, आईतवार
  • nepaltale.com

भारतले नेपाली भूमी अतिक्रमण गरेर लिंक रोड बनाएको विषयमा विवाद भइरहेका बेला चिनियाँ मिडियाले भने सर्वोच्च शिखर सगरमाथा आफ्नो देशमा पर्ने दाबी गरेको छ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले ट्वीटरमा केही तस्वीर सार्वजनिक गर्दै सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने दाबी गरेको हो।


सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलबाट सार्वजनिक भएको उक्त तस्वीरसहितको ट्वीटमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने उल्लेख गरिएको छ ।

https://twitter.com/CGTNOfficial/status/1256548993447886848?s=19

सीजीटीएनले सार्वजनिक गरेको उक्त ट्वीटलाई लिएर सामाजिक सञ्जालमा तिब्र रुपमा विरोध भइरहेको छ। सामाजिक प्रयोग कर्ताले सीजीटीएनलाई ऐतिहासिक तथ्य हेर्न र गलत सुचना सच्याउन सुझाव दिइरहेका छन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ। त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन्।


भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो। त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ।

त्यसबीचमा पनि सगरमाथाको उचाइ धेरै पटक नापिएको छ। तर उक्त नापलाई अहिलेसम्म आधिकारीक मानिएको छैन्। गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोली पनि सगरमाथाको उचाइ नापेर फर्किएको थियो। तर अहिलेसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन।