संसद्‌ बैठकमा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

  • प्रकाशित मिति : २०८० असार १, शुक्रबार
  • नेपाल टेल संवाददाता

आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद्‌ भवनमा बस्ने बैठकमा बिनियोजन बिद्येयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजे बोलाइएको छ ।



संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाइएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ।