के विप्लवले माओवादीसँग पार्टी एकता गर्दैछन् ?

  • प्रकाशित मिति : २०८० असार ७, बिहीबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्दबीच भेटवार्ता भएको हाे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेट वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताईएको छ ।



प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धीको रक्षा र पार्टी एकताबारे दुवै नेताबीच गम्भीर छलफल भएको छ । दुवै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको जनाईएको छ ।