नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित

  • प्रकाशित मिति : २०८० असार ७, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । अर्का उम्मेदवार महेन्द्र यादवलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुँवर संस्थापन पक्षबाट चुनाव लडेका थिए । उनले यादवलाई टछ मतले पछि पारे । कुँवरले ४४१ मत पाए भने यादवले ३७६ मत ल्याएका हुन् ।



ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशन शुक्रबारबाट सुरु भएको थियो । युनियनका अन्य पदाधिकारी भने शेखर–गगनको प्यानलका उम्मेदवारहरुले जितेका छन् ।