क्वारेन्टाइनमा बसेकी महिलासँग अनैतिक सम्बन्ध राख्न माग गरेपछि…

  • प्रकाशित मिति : २०७७ बैशाख २९, सोमबार
  • nepaltale.com

कोरोना भाइरस नियन्त्रणका लागि आशंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिने गरेको छ। कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमै बसेकी महिलासँगै अनैतिक सम्बन्धको माग गरेको समाचार बाहिरीएको छ।

पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौन सम्बन्धको माग गरेका छन्। यो घटना सार्वजनिक भएपछि गाउँमा हंगामा भएको छ। महिलाको उजुरीपछि आरोपीलाई प्रहरीले पक्राउ गरिएको छ।

अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ। घटना यही ठाउँको हो। गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शारीरिक सम्बन्धको लागि दबाब दिएका थिए। महिलाले यसको उजुरी पुलिसलाई दिएपछि पुलिसले आरोपीलाई पक्राउ गरेको समाचारमा उल्लेख छ।

पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो। नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए। त्यही बेला गाउँकै पुलिस पाटिल मदिराको नशामा त्यहाँ आएर महिलालाई शारीरिक सम्बन्धको लागि दबाब दिएका थिए। उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने धम्की समेत दिएका थिए।