सरकार बनाउने विषयमा कांग्रेससँग कुनै कुरा भएको छैन : ओली

  • प्रकाशित मिति : २०८० असार १४, बिहीबार
  • नेपाल टेल संवाददाता

नेकपा एमाले केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा नेपाली कांग्रेससँग कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन् ।

कांग्रेससँग आफूले पनि प्रस्ताव नगरेको र कांग्रेसले पनि आफूलाई प्रस्ताव नगरेको उनले बताए । पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको उनको भनाइ छ ।



त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताए ।