नागरिक लगानी कोषको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • प्रकाशित मिति : २०८० असार १८, सोमबार
  • नेपाल टेल संवाददाता

नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज सोमबार असार १८ गते अन्तिम दिन हो ।

यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ ।



साधारण सभामा सीआइटीले २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।