हेर्नुहोस् कोरोना फैलिएका २१२ देशको पछिल्लो अपडेट

  • प्रकाशित मिति : २०७७ बैशाख ३०, मंगलवार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। पछिल्लो समय विश्वभर कोरोना संक्रमित र मृत्युदरमा कमी आएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ४०३ जनाको मृत्यु भएको छ भने ७४ हजार २ सय २८ जना नयाँ संक्रमित थपिएका छन्।

अघिल्लो दिन विश्वभर ३ हजार ५ सय १० जनाको मृत्यु भएको थियो भने ७९ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका थिए। अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ८७ हजार २ सय ५७ जनाको मृत्यु भएको छ भने ४२ लाख ५४ हजार १९३ जना संक्रमित बनेका छन्।

कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव रहेको अमेरिकामा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु दरमा कमी आइरहेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८ जनाको मृत्यु भएको छ भने १८ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ हजार ७ सय ९५ पुगेको छ भने १३ लाख ८५ हजार ८३४ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ५०२ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय ४४ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २५ पुगेको छ भने १ लाख ६९ हजार १५३ जना संक्रमित बनेको छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा इटलीमा १७९ जना, फ्रान्समा २६३ जना, यूकेमा २१० जना, स्पेनमा १२३ जना, क्यानडामा १२३ जना, मेक्सिकोमा ११२ जना, भारतमा ८२ जनाको मृत्यु भएको छ।