लण्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को यहि जुलाई २२ तारिख हुने निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ।
निर्वाचन समितिले विहीबार प्रकाशित गरेको अन्तिम नामावलीअनुसार संस्थाको भावी अध्यक्षका लागि दिनेश घिमिरे, हितकाजी गुरुङ र नारायण कँडेलबीच प्रतिस्पर्धा हुने भएको छ।
यसअघि अध्यक्षमा उम्मेदवारी दर्ता गरेका एलबीजेड गुरुङले उम्मेदवारी फिर्ता लिएपछि तीन उम्मेदवारबीच भिडन्त हुने भएको हो।
उम्मेद्वारी फिर्ता लिने समय जुलाई ५ तारिख राती ९ बजेसम्म र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन जुलाई ६ तारिख दिउसो १ बजे प्रकाशित गरिने कार्यक्रम अनुसार अन्तिम नामावली प्रकाशन गरिएको छ।
२ जना उपाध्यक्ष पदका लागि ५ जना चुनावी मैदानमा रहेका छन् । ज्ञानेन्द्र आले मगर, सुरेश परियार, ओमन गौचन, कमान सिंह कर्मा पहाडी शेर्पा, रवीन्द्र कणेलबीच प्रतिस्पर्धा हुने छ ।
यस्तै, महिला उपाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेकाले इन्दिरा खनिया (सपना) निर्विरोध निर्वाचित भएकी छिन् ।
राज्य परिषद् अन्तर्गत स्कटल्यान्ड उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । जसमा रामप्रसाद बगाले र मनिष खत्री रहेका छन् ।
राज्य परिषद अन्तर्गत वेल्सको उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी र नर्थन आयरल्याण्डमा लिलाराम निउरे निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा २ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गोविन्द शर्मा खरेल र बालकृष्ण भुसालले उम्मेदवारी दिएका छन् ।
दुई जना सचिव निर्वाचित हुने व्यवस्था अनुसार सरोज थापा र तिलक भट्टराई निर्विरोध निर्वाचित भएका छन् । महिला सचिवतर्फ पनि प्रतिभा न्यौपाने निर्विरोध निर्वाचित हुँदा कोषाध्यक्षमा विष्णु खरेल पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।सह -कोषाध्यक्षमा हेम कुमार गुरुङ र सुमन शर्मा बिच प्रतिस्पर्धा हुने छ ।
यस्तै , महिला कोर्डिनेटरमा रोजिना गुरुङ सर्वसम्मत निर्वाचित हुँदा कोर्डिनेटर यूथ तर्फ भने चुनाव हुने भएको छ । वीरेन्द्र नेपाल र सुजीत शाही चुनावी मैदानमा अहिले देखिएका छन् ।
१२ जना कार्यसमिति सदस्यमा जम्मा ९ जनाको उम्मेदवारी परेको छ । जसले गर्दा सदस्यहरूको पनि निर्विरोध भएको छ । राम थापा, सन्दीप पुडासैनी, नारायण गिरी, मानबहादुर राई, मिलन केसी, पम्फा क्षेत्री (विनीता बस्नेत), गङ्गाबहादुर क्षेत्री, काशी राज बोहरा र मोहनलाल ओली रहेका छन् ।
चार जना आइसिसी सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्रबहादुर गुरुङ, सुनिल बाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, प्रो. डा. सुनिल कुमार साह र दिल रस गुरुङले उम्मेदवारी दिएका छन् ।
यसैगरी इंग्ल्याण्ड अध्यक्षका शम्भू प्रसाद अर्याल र सन्तोष कुमार सुवेदी चुनावी मैदानमा रहेका छन् । तर, उपाध्यक्ष र सचिवमा भने सर्वसम्मत भएको छ । उपाध्यक्षमा देउमन इजम र सचिवमा अन्जु कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै, नर्दन आयरल्यान्डतर्फ सबै पदमा सर्वसम्मत भएको छ भने सदस्य पदमा आवश्यक संख्याभन्दा कम उम्मेदवारी परेको छ । अध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा छेम रेग्मी, सचिवमा पूर्णेश्वर कँडेल सर्वसम्मत निर्वाचित भए ।
यस्तै, ४ जना सदस्य निर्वाचित गर्नुपर्ने भए पनि २ जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा भुमिश्वर सापकोटा र सलमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, स्कटल्यान्डमा भने मतदान हुने छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्ज्वल कार्की प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षमा प्रजापति शर्मा र कमला श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी सचिवमा मोतीलाल खरेल र रामप्रसाद कँडेलबिच चुनाव हुने छ भने उप सचिवमा भूपाल कार्की र भोज राज खरेलले प्रतिस्पर्धा गरेका छन् । यस्तै, कोषाध्यक्ष सहकोषाध्यक्ष भने सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा वासुदेव पोखरेल तथा सहकोषाध्यक्षमा कल्याण अर्यालको मात्रै उम्मेदवारी परेको थियो । ४ जना सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । सागर पाण्डे, झपेन्द्र सापकोटा, मनहरि सापकोटा, बिराज ढुङ्गेल, जीवलाल भण्डारी, पवित्रा भण्डारी, तुलसीराम न्यौपाने र स्वस्तिमा खड्काले उम्मेदवारी दिएका छन् ।
एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनमा समयमै कसैको पनि उम्मेद्वारी परेन।
यसैबीच, निर्वाचन समितिले उम्मेदवारहरुलाई निर्वाचन आचार संहितामा रहेर प्रचार प्रसार गर्न आग्रह गरेको निर्वाचन समितिका संयोजक चिरञ्जीवि ढकालले जानकारी दिए । निर्वाचन समतिमा ढकाल सहित हरि गुरुङ र विपिन निरौला सदस्य रहेका छन् ।