बागमती प्रदेशसमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।
लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवाहक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।