विश्वासको मत लिनै नपाई ढल्याे कोशी सरकार

  • प्रकाशित मिति : २०८० श्रावण ११, बिहीबार
  • nepaltale.com

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार ढलेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले थापाले मुख्यमन्त्रीका लागि पेस गरेको दाबीमा सभामुख बाबुराम गौतमको हस्ताक्षरसहितको संलग्नता पनि संविधानविपरीत भएको भन्दै बदर गरिदिएको हाे ।

सर्वोच्चको आदेश सँगै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्ति गरेको सबै प्रक्रिया रद्द भएको छ । साउन १७ गतेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै सरकार गठन गर्ने प्रक्रिया अघि बढाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख खापुङ्गलाई उत्प्रेषण परमादेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश इश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार यस्तो फैसला गरेको हो । फैसलासँगै मुख्यमन्त्री थापा नेतृत्वको सरकार विश्वास मत लिन नपाउँदै ढलेको छ ।