गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

  • प्रकाशित मिति : २०८० श्रावण १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

सिंहदरबारमा शुक्रबार ११ बजे बोलाइएको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको हो । बैठकमा उपसमितिले पेश गरेको समितिको आन्तरिक कार्यबिधि सम्बन्धमा र समितिले अघिल्लो कार्यकालमा बिभिन्न निकायलाई दिएका निर्देशनको विवरण वितरण गर्ने कार्यसूची रहेको थियो ।



करिब १२ बजेसम्म पनि गणपूरक संख्या पुग्ने सांसदहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो । सांसदहरुले संसदीय समितिलाई महत्व नदिँदा संसदीय समितिको बैठक प्रभावित हुने गरेको छ ।