काठमाडौं । आफूलाई यूकेको नागरिक बताएर उपहार पठाएको छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने ५५ वर्षीय कमलादेवी श्रेष्ठ रहेकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत साथी बनाई कुराकानी गरी आफूलाई यूकेको नागरिक बताई सुनको गरगहना, डलर, आइफोन, जुत्ता, लेडिज ब्याग, लत्ता कपडाहरू समेतको गिफ्टहरू पार्सल पठाएको भन्ने गर्थिन् ।
त्यसपछि विभिन्न प्रलोभन देखाई कस्टम चार्ज बापतको रकम पठाउनुपर्छ भन्ने गर्थिन् । यसरी उनले ९१ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ ।