ओली भेट्न बालकोट पुगिन् एलिजा गौतम

  • प्रकाशित मिति : २०८० श्रावण २८, आईतवार
  • nepaltale.com

एलिजा गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । कलाकार समेत रहेकी उनले भेटपछि ओलीको प्रसंशा गरेकी छन् ।

‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता। भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ।’

ओलीसँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने आफ्नो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्ने एलिजाको विश्वास छ ।