एक्कासि राइफल पड्किँदा सैनिकको निधन

  • प्रकाशित मिति : २०८० भाद्र ४, सोमबार
  • नेपाल टेल

असावधानीपूर्वक गोली पड्किँदा एक जना सैनिकको निधन भएको छ । घाना सशस्त्रले आइतबार जनाएअनुसार दक्षिणी घानाको बन्दरगाह सहर टेमा नजिकैको मिशेल क्याम्पमा रहेको पाँचौँ इन्फन्ट्री बटालियनका सिपाही शनिबार बारुद डिपोमा ड्युटीमा रहेका बेला सो दुर्घटना भएको हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।