भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ बैशाख ३१, बुधबार
  • nepaltale.com

स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ।

नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा उज्ज्वल कुमारले बताउनुयो।

पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन्। ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताउनुभयो।

रुपन्देहीको सीमापारि रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा कोरोना देखिएको हो।