चीनको ‘स्ट्यान्डर्ड म्याप’मा भारतको अरुणाचल प्रदेश

  • प्रकाशित मिति : २०८० भाद्र १२, मंगलवार
  • नेपाल टेल संवाददाता

चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई आफ्नै भूमिको रुपमा समेटेको छ ।

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार चीनले जारी गरेको नयाँ नक्सालाई चीनले ‘स्ट्यान्डर्ड म्याप’ को रुपमा जनाएको छ ।



चीनले सोमबार जारी गरेको नयाँ नक्साअनुसार अरुणाचल प्रदेश चीनमा पर्छ । चीनले उक्त नक्सामा दक्षिणी चाइना सागर, ताइवानलाई पनि आफ्नै भूमि भएको बीबीसीले जनाएको छ ।

चीनको सत्ताधारी कम्युनिस्ट पार्टी अफ चाइनाको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्सले उक्त नक्सा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।