सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

  • प्रकाशित मिति : २०८० भाद्र २६, मंगलवार
  • nepaltale.com

तत्कालीन संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार मात्रै गरिने भएको छ।

एमालेले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय नेता नेम्वाङको बिहीबार मात्रै अन्त्येष्टि गरिने जानकारी दिएको छ। नेम्वाङका छोरा बुधबार अपरान्ह मात्रै नेपाल आइपुग्ने भएपछि बिहीबार अन्त्येष्टि गरिने भएको हो।

विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव उनको निवास बालुवाटारमा राखिने जनाइएको छ। त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।