नासाको घोषणा- ‘पृथ्वी बाहिर पनि जीवन छ’

  • प्रकाशित मिति : २०८० भाद्र २९, शुक्रबार
  • नेपाल टेल संवाददाता

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बिहीबार यूएफओमा आधारित आफ्नो बहुप्रतिक्षित प्रतिवेदन सार्वजनिक गरेको छ ।

नासाले एक वर्षसम्म यूएफओको विषयमा अध्ययन गरी अहिले विश्वको ध्यानाकर्षण भएको प्रतिवेदन सार्वजनिक गरेको हो । ३३ पृष्ठको यो प्रतिवेदनमा नासाले यस विषयमा विस्तृत अध्ययनका लागि नयाँ वैज्ञानिक प्रविधि र उन्नत उपग्रह आवश्यक पर्ने बताएको छ ।



रिपोर्टमा नासाले स्वीकार गरेको छ कि युएफओ हाम्रो ग्रहको सबैभन्दा ठूलो रहस्य हो। प्रतिवेदन सार्वजनिक गर्दै नासाका प्रबन्धक बिल नेल्सनले पृथ्वीबाहेक यस ब्रह्माण्डमा जीवन छ भन्ने विश्वास रहेको बताएका छन् ।