नाबालिगसँगको यौन क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि स्पेनिस फुटबल क्लब रियल मड्रिडका तीन युवा खेलाडी पक्राउ परेका छन् ।
रोयटर्सले जनाएअनुसार प्रहरीले बिहीबार मड्रिडका तीन युवा खेलाडीलाई पक्राउ गरिएको जनाएको हो ।
तर अदालतको निर्णयपछि उनीहरुको मोबाइल फोन नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई छाडेको प्रहरीले जनाएको छ ।
नाबालिगसँगको यौन क्रियाकलापको भिडियो सार्वजनिक भएर खेलाडी पक्राउ परेपछि स्पेनिस फुटबल देखिएको यौनवाद र त्यस्ता व्यवहारलाई लिएर चौतर्फी आक्रोश देखिएको छ ।
एक १६ वर्षीया नाबालिगकी आमाले जाहेरी दिएपछि उक्त घटना बाहिरिएको थियो ।