सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिइरहेकाे अवस्थामा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको इटहरीको टोलीले शुक्रबार सुब्बा कटुवाल र खरिदार अधिकारीलाई सेवाग्राहीसँग रकम लिइरहेकाेको अवस्थामा पक्राउ गरेको हो ।
आयोगको टोलीले सेवाग्राहीसँग जग्गा नामसारी गरेवापत घुस माग गरिरहेको भन्ने सूचना का आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
सुब्बा कटुवाल र खरिदार अधिकारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।