इजरायलले पनि थाल्यो लेबनानमा आक्रमण

  • प्रकाशित मिति : २०८० आश्विन २१, आईतवार
  • नेपाल टेल संवाददाता

इजरायलले लेबनानमा आक्रमण सुरु गरेको छ ।

इजरायली रक्षा बलले केही समय पहिले इजरायली क्षेत्रमा गरिएको गोलीबारीपछि लेबनानमाथि पनि आक्रमण गरिरहेको बताएको छ ।



इजरायलले हमासको मुख्य संरचनामा आक्रमण गरेको छ ।

इजरायली वायुसेनाले गाजा पट्टीका धेरै भवनहरूमा हमासको सैन्य लक्ष्यहरू रहेको भनेको छ।

इजरायलीलडाकु विमानले हमासको ‘अपरेशनल इन्फ्रास्ट्रक्चर’ मा आक्रमण गरिरहेको उल्लेख गरेको छ ।

इजरायलमाथि इस्लामिक प्रतिरोध आन्दोलन (हमास)ले शनिबार आक्रमण गरेको थियो ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए ।